हजार प्रश्नहरु

म,
तिम्री छोरि,
मलाई अध्यारो कोठामा
के के भयो
म भन्दिन है आमा!
म भन्दिन है बाबा!
मलाई नसोध ल
तिमि र म भेट्ने दिन
मलाई नसोध ल,
बरु मेरा हजार प्रश्नहरु छन्,

आमा!
त्यो अध्यारो कोठीमा
तिम्ले पुज्ने कृष्ण आएनन
राम आएनन
बाबा!
तिम्रा कथाहरुको नायक आएन
मेरा सपनाहरुको
हिरो आएन
आमा!
तिम्रो घन्टौ लामो पुजा
फुल, माला, धुप र घन्टी
तिम्रा इश्वोर पुकारहरु
हात जोडेर, भोक्कै बसेर
खै मलाई जोगाउन सकेंनन
मेरो लाज जोगाउन सकेंनन
बाबा!
मलाई
मान्छेहरु संग डराउन किन नासिकको बाबा ?
तिम्रा जस्तै बाक्ला जुगाहरुले
रातभरी मलाई बिझाई राखे
बाबा
तिनलाई पुलिस संग डर लाग्दैन र बाबा ?
तिनलाई तिनका बाबा संग डर लाग्दैन ?
आमा
तिम्रो कथामा जस्तै
रावन र कंशहरुले लुछी रहदा
मेरो चित्कार तिम्रो समाजले किन सुनेन आमा ?
म,
तिम्री छोरि,
मलाई अध्यारो कोठामा
के के भयो
म भन्दिन है आमा
म भन्दिन है बाबा
मलाई नसोध ल
तिमि र म भेट्ने दिन
मलाई नसोध ल
बरु मेरा हजार प्रश्नहरु छन् |