सम्बन्धहरु

उ! हेर न!
एकथरी सम्बन्धहरु,
धागोमा उनिएका
रङ्गमा पोतिएका
कागजमा लेखिएका
हेर न,
कति मजबुत छन्
चुडिए जोडिन्छन
मेट्टिए पोतिन्छन
च्यातिए टासिन्छन
फेरि फेरि
प्रतेक हुरि सक्किएपछि
सफा हुन्छन
आकाश जस्तै
नीला … गाढा … :)

होइन!
यो याहांको कुरा होइन
उउउ त्यो … पर ..
जुन ठाउँ हामी पुग्न सकेनौं … :(
याहां?
याहां त,
सम्बन्धहरु,
सिसै सिसाका
फुस्रा बादलका
हुउंका मोति जस्तै
कठै!
भांची जाने
हराई जाने
पग्ली जाने
कति कम्जोर है?
कति नाजुक है?
लाग्छ,
यो मिथ्यालोक हो
लाग्छ,
यो सपनाको बगैचा हो
डरै डरको आकश मुनि बनेको
चारै पट्टि भित्ताहरु
आखै आखाका
कानै कानका
अनि भोलि?
भोलि,
झिस्मिसेको काग कराउँछ
अनि यी फुलहरु ओइलाउछन
बगैचा भत्कन्छ
हो
यो ठाउँका,
अर्काथरी सम्बन्धहरु
जो
धागोमा उनिन्नन
रङ्गमा पोतिन्नन
कागजमा लेखिन्नन।