तिमी हुन्थेनौ त कस्तो हुन्थ्यो?


कहिले कहिँ
एउटा खयाल आउछ
तिमी हुन्थेनौ
त कस्तो हुन्थ्यो?
म यो सोचथिन
म त्यो सोचथिन
मैले येस्तो भन्दा
तिमिले त्येस्तो भन्थिनौ
तिमी यो कुरामा हास्थिनौ
तिमी त्यो कुरामा रिसाउथिनौ
कहिले कहिँ
एउटा खयाल आउछ
तिमी हुन्थेनौ
त कस्तो हुन्थ्यो?

के म यो कविता
येसरी नै लेख्थें?
के म त्यो गीत
येसरी नै सुन्थें?
के यी भावनाहरु
म येसरी नै सम्भालथें?
म के गर्थें ? के गर्थिन?
कहिले कहिँ
एउटा खयाल आउछ
तिमी हुन्थेनौ
त कस्तो हुन्थ्यो?

तिमी हुन्थेनौ
त यो कबिता हुन्थेन
खुशी साट्ने मनको मीत हुन्थेन
सपना बाड्ने साथी हुन्थेन
गीतहरुमा अर्थ हुन्थेन
बाटोहरुमा याद हुन्थेन
तिमी हास्दा संसार हस्थेन
जीवनमा येत्तिका रङ्गहरु हुन्थेनन
एक्लै मुस्कुराउने बहाना हुन्थेन
मनमा लुकाउने चाहाना हुन्थेन

तिमी हुन्थेनौ
त प्रतीक्षालय खाली हुन्थ्यो
पर्खाई हुन्थेन, तड्पाई हुन्थेन
तिमी हुन्थेनौ
त ति चियाको चुस्कीहरुमा
तिम्रा गफ हुन्थेनन
मिल्नु हुन्थेन
छुटिनु हुन्थेन

मेरो
कथा अधुरो हुन्थ्यो
दिप मधुरो हुन्थ्यो
माया
फगत शब्द हुन्थ्यो
प्रेम
केबल प्राप्ती हुन्थ्यो
कहिले कहिँ
एउटा खयाल आउछ
तिमी हुन्थेनौ
त कस्तो हुन्थ्यो?