निस्सार कहानि

कहानिको बिचबाटै
पात्र
नायिका
हराएपछी ,
कहानी नमिल्नु स्वभाबिक थियो।
पात्र
नयाक
छट्पटाउनु,
त्यो पनि स्वभाबिक थियो।
तर कहानीले
दर्शकलाई थाहै नदिई
नायिका अर्को दियो
दर्शक
रोमान्चित थिए
नब नायिका
चरित्र निभाउदै थिईन
तर नायकको आखामा
तिनै
पुरानै नायिकाको अनुहार
स्पष्ट देखियो
कुनै खलनायक सङको द्वन्द्व बिनै
नायक
घायाल थियो
दर्शक
आझै रोमान्चित थिए
नायक चरीत्रलाई
“नायक” बनाउन असमर्थ कहानी
उसलाई
नशामा डुबाएर
निस्सार सक्कियो
संगै
१२-३ को शो सक्कियो
सिठी बज्यो
ताली बज्यो
निस्सार सिठी
निस्सार ताली।