मीठा असम्भवहरु

अनि म बसें
एक साझ
त्यही देउराली
त्यही छहारी
त्यही शित्तल बतास
तर ….
चिसै तिम्रो ठाउँ
वरिपरि तिम्रा यादहरु
तिम्रा हेराई, बोली र हासोहरु
तिम्रा लामा, मीठा कुराहरु
सम्झें – मुस्कुराएं
सम्झें – आँखा भिजाएं
सोचें – सम्भालें
अनि हिडें तिम्रा गोरेटाहरु
तिम्ले गर्ने उकाली ओरालीहरु
कल्पें
यो उकलो कति एक्कै बेगले चड्दिहौ
कल्पें
यो वोरालो कति बिस्तारै झर्दिहौ
कल्पें
याहां कति गीत एक्लै गुनगुनायौ होला
कल्पें
यो उकालिमा मलाई देख्येउ भने
के सोच्दी हौ?
के सोध्दी हौ?
मैले के भन्दो हुं?
तिम्लाई देखेर हास्दो हुं? कि रुदो हुं?
मन पक्कै हास्दो हो
आँखा पक्कै रुदो हो
…..फगत मीठा असम्भवहरु
हो …
सम्भावनाहरु बिच
एक्कासि हरएको तिमी
हरएको म
तर उस्तै
हाम्रो देउराली
हाम्रो छाहरी
तिम्रा गोरेटाहरु
उकाली ओरालीहरु।