चुपचाप

12186822_10153084819567312_4873282994936224421_o
कोहि आउला
र मेरो मनको साथी बन्ला
…….
यो आसको सानो डोरीमा झुन्डिएर
जिबनको लामो समय
पर्खाइमा बित्यो
नबोली नबोली चुपचाप
……..
अनि एक दिन
सानी
प्यरी
फुच्ची
…….
उस्ले मलाई एक टकले हेरि
मैले उसलाई एक टकले हेरें
……..
उस्ले मलाई साथी बनाउन चाहि
म उस्को सथी हुन चाहें
……..
नबोली नबोली चुपचाप
………
उस्ले जिद्दी गरि बुबा सङ
बाबू र साहुको कुरो मिल्यो
अनि म उसैको भैदिएं
……..
कस्तो अचम्म!
येत्रो शहरमा,
म जस्को पनि साथी हुन सक्थें
हो,
म जस्को पनि हुन तयार थियें
तर
जुन रहरले उस्ले मलाई हेरि
जुन चाहले उस्ले मलाई रोजि
म उसैको हुन बाध्य थिएं
अनि त्येसरी,
त्यो दिन देखि
म उसैको भयें, भैदिएं
नबोली नबोली चुपचाप
……..
अब उ मलाई माया गर्छे
म सङ खेल्छे
बोल्छे
हास्छे
हेर्छे
र अझै माया गर्छे
रात – दिन निरन्तर
मानौ म बाहेक उस्को संसारमै केही छैन
कोहि छैन
……..
प्रतिउत्तरमा,
म एक टले उसलाई हेरि रहन्छु
सधैकै हासो हासी रहन्छु
मेरो सधैंको कल्पनाको साथी
हो,
उ ठिक येस्तै थियी
…..
सोचछु,
म पनि रमाउछु
उस्को बानी पार्छु
म पनि उसलाई माया गर्छु
नबोली नबोली चुपचाप
कस्तो मिठो सत्य
“एउटा सुखद दुख”
कस्तो अनौठो अनुभब
……..
तर एकदिन
नबोली नबोली चुपचाप
उ कुकुन फोरेर उडेको पुतली जस्तो
कतै बिलाई गै
समयका अर्कै बगैंचाहरुमा रमाउन
“एउटा दुखद सु:ख”
कस्तो अनौठो अनुभब
……….
म,
म उस्को इतिहास भैदियें
उस्को कोठाको एउटा कुनामा
उस्को बिगत भएर झुन्डिएं
अनि प्रतिउत्तरमा,
म एक रटले उसलाई कुरि रहन्छु
सधैकै हासो हासी रहन्छु
नबोली नबोली चुपचाप।