रित्तो घडीको टिक टिक

रित्तो शहर
रित्तो गल्ली
रित्तो कोठा
रित्तै घडीका सुईहरु
टिक टिक
रातभरी, नितन्तर
छुन्छन दिमागका तारहरु
एकानत बिथोल्दै, टिक टिक

रित्त्याई सक्दा व्हिस्कीका गिलासहरु
एस्ट्रेमा, दर्जनौ चुरोट्का ठुटाहरु
सक्की सक्दा बिरहका गीतहरु,
भरिन्छ मन हेर कसरी?
यादहरु अरे! भुतकालका,
मीठा अरे! घटी सकेका घटनाहरु
नलेखिएका कथाहरु

टिलपिल टिलपिल अँखामा
चुहिनैलागेका सपनाहरु
कति पुछिए
अनायासै निर्दोश तकियाहरुमा
मुर्दा झैं लडेर
चिसा बिछ्यौनाहरुमा
अर्को रित्तो रात
अर्को चिसो रात
एक एकान्त रात
रित्तो घडीको टिक टिक
रित्तो!
रित्तो कालो सेतो जिन्दगी ।