मौनताका पर्खालहरु

दुई दिन जिन्दगीको
दुई पल सङ सङै
हासे, खेलेर रमाउने धोको
मेरो धोको, तिम्रो धोको
कति उस्तै उस्तै हुँदा हुन हगि?

तर, मौनताका पर्खालहरु
हाम्रा, आ-आफ्नै,
ठुला आग्ला भित्ताहरु
न तिम्ले भत्कायेउ, न मैले।

चाहाना हजार हजार थाती रखेर
अनि धिक्कर समयलाई लगयेर,
आत्मग्लानिका पोकाहरु जम्मा गर्छौ
एक एक गरि जिन्दगिका ताशीहरुमा,
स्मृतिका कागजहरु
जलाउन खोज्छौं, चिसा मनहरुमा
अनि टाढैबाट हेरि रहन्छौं
एक अर्काका भित्ताहरु
जन्माउछौं शन्कै शन्काका बृक्षहरू
काडै काडाका
पोल्ने, बिझाउने , शन्काका बृक्षहरू।

अनि बढीरहेछौं टक टक
घडीका सुइ जस्तै
सधैं उहि गतिमा, हिजो हिडेकै बाटो
एक अर्काको अस्तित्व अस्विकार गर्दै,
तर सोच त!
दुई दिन जिन्दगीको
दुई पल सङ सङै
हासे, खेलेर रमाउने धोको
मेरो धोको, तिम्रो धोको
कति उस्तै उस्तै हुँदा हुन?