तिमी आएको बेला

तिमी गएको बेला

साथै नभएको बेला,

साउनका कोशी र करणाली

मेरै आखामा बग्छन,

आर्यघाटका मनहरु

मेरैमा दुख्छन,

रातहरु, लामा

आजिबन काराबासको कैदी झैं,

दिनहरु, काला

शताब्दीकै डरलाग्दो ग्रहण झैं,

तिमी फर्कन्नौकि भन्ने डरहरु बिच,

भत्कन्छन आस्थाका मन्दिरहरु

अनायास हराउछन तिन्का देबताहरु,

बेहिसाब झर्छन चौतारीमा

वरका पातहारु,

रेडियो गाउछ गीतहरुमा

बिरहका शब्दहरु,

तिमी गएको बेला

साथै नभएको बेला।

 

अनि एक बिहान

जब तिमी आयेउ

मुस्कुराउदै

मेरा

आँखा ओभानै

मन रमेकै

समय बगेकै

दिन उजेलै

देवता पुजिएकै

चौतारी शितलै

गीत मीठै

हो, हो मानौ केही भयेकै हैन

हिजोको हुरि चलेकै हैन

एउटा डरलाग्दो सपना मात्रै नै

बर्सौको खडेरीमा पानी परे झैं

हरायेको छोरो फर्केर, आमाको काखमा झैं

पुर्णिामाको रातमा

हिमाल फेदको चिसो हावाले

छोयेर गये जस्तो

मन शितल हेर,

तिमी आएको बेला

साथै भयेको बेला।