कथा, गीत, प्रश्न, भावना र समय

सोच्छु
जति बेला मेरा कथाहरु सक्किन्छन
तिमिलाइ के सुनाउने? कसरी भुलाउने?
जति बेला प्रेम गीतहरु सक्किन्छन
तिमिलाइ कुन धुन सुनाउने? कसरी फुलाउने?
जब मेरा हरेक प्रश्नहरुको तिमी उत्तर दियेर सक्छौ
तिमिलाई के सोध्ने? कसरी तिमीलाइ सुन्ने?
त्येती बेला, जब म भाब शून्य हुन्छु
त्यो शून्य भावना कसरी शब्दमा पोख्ने? के भन्ने?
त्येती बेला, जब समयले टाढा पार्न खोज्नेछ हामीलाई
त्यो आत्तिएको मन यो आत्तिएको मनले के सम्झाउने?
त्येसैले त
आनेकौ कथाहरु, गीतहरु रच्नु छ
तिम्रा अँखाका प्रश्नहरु, अझै कत्ती पढ्नु छ
शब्द सागरमा डुबेर, भावनाका कबिता रच्नु छ
टाढिने समय टाढै रख्नु छ,
यो साथ र यो मत्तियेको मन येत्तिकै रख्नु छ।