मध्य रातको शालिक

करिबन मध्य रातमा,
दुई स्टिक गांजा
तन्तनी परेपछि,
साथीको कोठाबाट
हरि बहादुर डेरा लाग्दै गर्दा,
साघुरो गल्लीबाट
फुत्त फराकिलो सुन्धारा चोक आउँदा
आज आचम्म देख्छ।

टुडिखेलको शालिक छोडेर
भत्किएको धरहरा मुनि,
घोडाको छेउ लागेर
जङ बहादुर तरबारमा दाउ लगाउदै थियो
हरि र जङको अँखा जुधेको मात्र के थियो
ठुला अँखा बनायेर जङ
“थुक्क गधा!
लगयीस हैन कतारको भिसा?
जा पाजी उतै मर
देशको सिमामा मर्ने त भैनस
अनि फेरि यो देशको कसरी होस र तं खै?
तं?
तं यो भाचियेको धरहरा उठाउन
एउटा इट्टा पोल्न कहाँ सक्छस र?
माटो मुछ्न कहाँ सक्छस र?
यो चोकमा मर्ने छोराको घरमा गयेर
त्यो आमाको आसु पुछ्न कहाँ सक्छस र?
उस्कि बिधवाको सेतो साडी
रङीन बनाउन कहाँ सक्छस र?
उस्को टुहुरोको साहारा बन्न कहाँ सक्छस र?
जा नामर्द, जा कपुत !
कतार नै जा
याहां त
नारा र जुलुस
बन्द र हडताल
डिस्को र डान्सबार
गाजा र चुरोट,
एस्मै त भुलिस  …. ”
बिचैमा रिसले चुर चुर जङेले
तरबार उठयेर मार्नै आयेपछी
हरि  आत्त्येर ज्यान जोगाउन भागछ
पोलमा टाउको बजारेपछि,
त्यो रात उतै बिताउछ।

बिहान, अनुहरमै भुस्या खिचाले खुट्टो उचाले पछि
जर्याक जुरुक उठेर
वरि परि हेर्छ,
शहर उस्तै त छ, हिजै झैं
जङगे अफ्नै ठाउमा
शहरकै धुलो ओढेर चुपचाप छ।

हरि,
शालिकलाई हेरि खिस्स हांसेर, पिच्च थुकेर
लुरु लुरु पररास्ट्रमा मानिसहरु बिच
आर्को एक थपिन्छ।