स्वपन त्रासदी

FB_IMG_1440470732333[1]जस्लाई भीडबाट
तानेर ल्यायेर
मरुन्जेल गोदेर पिटेर,
भाला रोपेर
जिउँदै जलायेको,
त्यहि अनुहार
रात भरी
भित्ता भरी!
सडक सडकमा लखेट्दै
गल्ली गल्ली भित्र लखेट्दै,
जस्को धडमा शिर छैन
त्येसैले लखेट्दै।

उसै संगै आमा
“थुइक्क! पिचास जन्माईछु”
अलाप बिलाप, सराप,
रुदै रुदै, आमाले लखेट्दै।

जुन भाला देउसो मेरो हातमा,
भाईको हातमा त्यहि भाला
“पर्खि!” रिसले चुर चुर
भाईले लखेट्दै।

शरीर भरी आस्ती पिट्या डाम नै डाम
खुट्टो खोच्याउदै
घाँस कट्ने हसिया लियेर
सिन्दुर पोते केही नलाई
सेतै साडिमा हेर कसरी
स्वास्निले लखेट्दै।

सबै सम्मै यो जमीन
कसरी उठेर आयेर
कस्तो भाग्नै नसक्ने गरि
चरै तिरबाट
जता भाग्यो उतैबाट, जुरुक्कै जमीन!
धार्तिले लखेट्दै।

आगडी, संगै खै नेता?
खै कर्याकर्ता?
कस्तो एक्लै आज?
कस्तो आध्यारो?
कस्तो खाल्टो?
कस्तो सिनु गन्हायेको?
उ!
जलिरहेको जिउँदै सिपाही
आमा, बा, भाइ, बाहिनी, स्वास्नी
सिङै धर्ती नै
लखेट्दै, लखेट्दै।

हज्जारौंको भीड
अस्तिको बाढी झैं
यो भीडको आवाजले लखेट्दै।

अबका प्रतेक रात नर्क
अबका प्रतेक पल नर्क
हरेक श्वास गरुङगो
हैन, मैले मरेको हैन
म आफैं मरेको हो
म जिउँदै जलेको हो।

#Tikapur #24-August-2015