मायाको पुरानो दोकान

हजुर,
मायाको दोकान थापेको छु
धेरै नै भयो हजुर, के गर्नु?
कोहि आया थिएन आज सम्मै
तपाई आउनुभो, आस ठुलै जाग्या छ।

एक ग्राहक योजना हो फेरि
एक्कै जनालाई मात्र हो
लिमिटेड एडिसन नी हजुर
लग्दा हुन्छ
माया हजुर, जती बाड्यो उती दड्छ रे
जती लाग्दा नि सक्किन्न।

होहो, हेर्नुस हेर्नुस
हेरि हेरि लिनुहोस न
छानी छानी, मूड अनुसार लानुहोस
सबै प्रकारको माया छ मेरो दोकानमा,
मैले गर्ने माया आनेक तरिकले आउँछ
हासो लैजानुहोस
आँसु अलिकिती साथमा आउँछ,
सुख लैजानुहोस
दुख अलिकिती साथमा आउँछ,
भोगाई लैजानुहुन्छ मेरो?
येसमा सबै खाले आउँछ, कम्बो हो
आँसु, हासो, दुख, सुख, सबै नै,
घाउहरु छन अलि अलि
यो लगे, आलिक जतन गर्नु
निको हुँदै छ, खत चै रहन्छ,
हजुर हजुर, लैजानुस लैजानुस
यो रोमान्टिक भर्जन हो क्या
बिक्दै बिक्दैन हेर्नुस न यो।

सट्टामा के दिने सोध्नु भा?
सट्टामा तपाईको दोकानको माया नी हजुर
एक्लै लियेर हिंड्न मिल्दैन नी!
सबै एक एक गर्दै साटा साट गर्ने हो,
सुख, दुख, हासो, रोदन, भोगाई
सबै एक एक गरि
येस्तै छ हजुर,
मेरो मायाको यो पुरानो दोकान।