पहिलो प्रेम

“यो के हो?”
यो हाम्रो पहिलो भेट हो

“हामी के गरिरा?”
हामी पहिलो पटक भेटिरा

“यो कस्तो हेराइ नि तिम्रो?”
पहिलो हेराई, पहिलो बोलई,
कुनै जादु जस्तो अचम्मको

“सधै पहिल्यै हुन्छ र?”
तिमी सङ, मलाई हुदोरहेछ

“यो धुन सुन्येउ? यो के बज्या?”
बिहानै, मन्दिरमा बजेको पहिलो घण्टी झैं
मनको धुन तिम्ले पनि सुन्येउ?

“यो बिजुली जस्तो के दौडेको?”
यो पहिलो स्पर्श मेरो-तिम्रो, तिम्रो-मेरो

“यो धड्कन, किन कुदेको?”
आर्को मनको ढुक्कढुक्कि छम्दा, आफ्नै भेटेको

“यो मात कस्तो लग्या?”
मेरो-तिम्रो, तिम्रो-मेरो, यो साथको मात नि

“अनि हिजो के भा?, म पग्ले झैं, जले झैं”
आजको भेटको पर्खाइ हो, जलन हो

“अनि यो डर नि? यो कस्तो? किन?”
येस्तै पहिलो मीठो आभास, फेरि नहोला कि भन्ने

“खुशी र निरशा, एकैपटक। यो के भा?”
पहिलो प्रेम, सयाद येसैलाई भन्छन कि?

“हेर न, यो नदि, घाम, हावा, आकश, बतास
कति राम्रो नि?”
यो प्रकृति सप्पै, यो धर्ती – आकश जम्मै नै
कस्तो आफैं झैं, है?,
हामी जन्मिदा पहिलो सास लिदा,
आमाहरुलाई येस्तै भयो होला, पहिलो प्रेम।